पाताल भूमेश्वरको तलाउ सङ्कटमा
काठमाडौँ, माघ ३ गते । नेपालकै लामो र गहिरो दाबी गरिएको पाताल भूमेश्वरर गुफासँगै रहेको तलाउको पानी बर्सेनी घट्दै जान थालेपछि तलाउको अस्तित्व सङ्कटमा परेको छ । गुफाको विस्तृत अध्ययन हुन सकेको छैन । यहाँ शिवरात्री र साउने सङ्क्रान्तिमा विशेष पूजाआजा लाग्ने गर्दछ । गुफामाथि रहेको तलाउ पाताल भूमेश्वरको मुख्य आकर्षण हो ।
इन्टरनेशनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन र उनको टिमले २०७१ सालमा आफ्नै प्राविधिक पहलमा गुफाको आठसय मिटरसम्म भित्र पसी नेपालकै लामो गुफा दाबी गर्नुभएको थियो । गुफाको लम्बाइ अझै धेरै हुनसक्ने भएपनि त्यसपछि कुनै अनुसन्धान हुन सकेको छैन । गुफासँगै रहेको तलाउको संरक्षण हुन सकेको छैन ।
पाटन नगरपालिका र सुर्नया गाउँपालिकाको सीमा क्षेत्रमा गुफा र तलाउ छ । यो तलाउको पानी गुफाको पूजामा प्रयोग हुनुको साथै जङ्गली जनावर र चरिचरनका लागि छाडिएका घरपालुवाले तिर्खा मेट्ने गरेका छन् ।
तलाउको संरक्षण नहुँदा पानी घट्दै र धमिलो हुँदै गएको स्थानीय धार्मिक अगुवा ज्योतिष पंं. गणेशप्रसाद पन्तले बताउनुभयो । तलाउ संरक्षणमा ध्यान नदिने हो भने यही मात्रामा पानी घट्दै गए एक दिन तलाउ सुक्न सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।
गुफामो धार्मिक विशेषता बताउँदै उहाँले भन्नुभयो, “महादेवले सतीदेवीको मृत शरीर घुमाउँदै हिड्दा यस स्थानमा सतीदेवीको पैताला खसेकोले यसको नाम पाताल भूमेश्वर रहेको किंबदन्ती पाइन्छ । पाताल भूमेश्वर गुफा कैलाशपर्वतसम्म रहेको धार्मिक विश्वास छ । प्राचीनकालमा यसभित्र ३३ करोड देवगणले बास गर्ने, बैठक गर्ने तथा पाण्डवहरुले पनि बास बसेको वर्णन ‘स्कन्दपुराण’ को मानस खण्डमा गरिएको छ ।”
त्रेतायुगमा अयोध्याका राजा ऋतुवर्णले यो गुफा पत्ता लगाएको जनविश्सास छ । यो गुफाको द्वार सानो भए पनि भित्र पस्दा फैलिएको छ । धार्मिक अगुवा ज्योतिष पं. पन्तले यो तलाउमा पानी खान गएका भैंसीहरु गुफाभित्र छिरेर सुर्नया नदीमा फेला परेको किवदन्ती रहेको बताउनुभयो । आजभन्दा तीन दशक अघि यो तलाउ पानीले भरिभराउ भएर बग्थ्याे, अहिले सुक्ने अवस्थामा आएपछि स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् ।
तत्कालीन जिल्ला विकास समितिले तलाउमा घेरा पर्खाल लगाउने काम गरे पनि अहिले अधिकांश ठाउँमा पर्खाल छैन । गुफाभित्र ५० मिटरसम्म विद्युतीकरण गरिएको थियो । बिजुलीका तारसमेत चोरी भएपछि अहिले गुफाभित्र अँध्यारो छ । वस्तुभाउ सिधै तलाउमा पसेर पानी खान जाने गरेका छन् । तलाउ वरिपरि वृक्षरोपण गरेर तलाउ संरक्षणमा स्थानीय तहले ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ ।
गुफा र तलाउसम्म जानका लागि प्रदेश सरकार, स्थानीय तह, धार्मिक अगुवाको पहलमा पदमार्ग निर्माण गरिए पनि तलाउको पानी घट्न नदिने उपाय निकाल्न सकेका छैनन् । गुफाको विस्तृत अध्ययन हुन नसक्दा यसको महत्व ओझेलमा परेको छ ।
गुफा र तलाउको दर्शन गर्न सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पाँच घण्टा गाडीको यात्रापछि यो गुफा नजिक पुग्न सकिन्छ । दशरथचन्द मार्गको बैतडीको सिउँडेबाट १५ मिनेटको दूरीमा पाताल भूमेश्वर गुफा र पानीको तलाउ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पाताल भूमेश्वरको तलाउ सङ्कटमा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्