भूमिसम्बन्धी अध्यादेशमा बालेनको असन्तुष्टि, लेखे यस्तो स्टाटस
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आज राष्ट्रपतिबाट जारी भएको भूमिसम्वन्धी अध्यादेशप्रति असन्तुष्टि जनाएका छन् । सँधैजस्तो सामाजिक सञ्जालमार्फत उनले आफ्नो असन्तुष्टि पोखेका हुन् ।
आफ्नो स्टाटसमा बालेनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले हात मिलाएको तस्विर समेत राखेका छन् । अब टुँडिखेल र खुल्लामञ्च पनि आफ्नो कार्याकर्तालाई दिने अध्यादेश पास भएको उनको कटाक्षपूर्ण टिप्पणी छ ।
बालेनले लेखेका छन्, ‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्योदश–०८१ मन्त्रीपरिषदले तीन दिन अगाडि राष्ट्रपति कार्यालयमा पठाएको थियो । राष्ट्रपतिले सो अध्यादेश तीन दिन रोकेर आज प्रमाणीकरण गरेका छन् । यसलगत्तै बालेनको स्टाटस आएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #भूमिसम्बन्धी अध्यादेशमा बालेनको असन्तुष्टि, #लेखे यस्तो स्टाटस
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्