कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
रुपन्देही । कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
वाणगंगा नगरपालिका(११ स्थित भित्री सडकखण्डमा गए राति करिब १०ः३० बजे नेपाली र भारतीय नम्बर प्लेट भएका दुई मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
मृत्यु हुनेमा यूपी ५५ ए एच ७०९० नम्बरको भारतीय मोटरसाइकल चालक, कपिलवस्तु शुद्धोदन गाउँपालिका(३ निवासी ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको नेपाली मोटरसाइकल चालक, सैनामैना(४ निवासी २७ वर्षीय रोमन थारु रहेका छन्।
उनीहरूको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन्। यस दुर्घटनामा २६ वर्षीय अजय थारु घाइते भएका छन्।
उनको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कपिलवस्तुमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्