Techie IT
बुधबार, माघ २,२०८१

देवघाटमा महाउत्सव हुने


तनहुँ, पुस २९ गते । तनहुँको देवघाट गाउँपालिका–५ देवघाटमा एक महिने महाउत्सव हुने भएको छ । सो ठाउँमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणको लागि आर्थिक सङ्कलन गर्न महाउत्सव हुने भएको हो ।

कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा माघ १ गतेदेखी ३० गतेसम्म महाउत्सव चल्नेछ । चितवनको देवघाट स्थित विश्वजागरण महाअभियान ट्रष्टको आयोजना र सुप्रसिद्ध भागवत कथावाचक इश्वरकृष्णजी महाराजको सङ्कल्पमा महाउत्सव हुने भएको हो । देवघाटधाममा हुने देवघाट महा–महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ ।

महा–महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव आयोजक समितिका संयोजक डा।केशवराज भुर्तेलले जानकारी दिनुुभयो । माघ १ गते विशेष कार्यक्रमको आयोजना गरिने महा महोत्सव तथा मकर मेला उद्घाटन गरिने उहाँले बताउनुभयो । माता–पिता सेवा आश्रममा ३६५ कोठाहरु रहनेछन् ।

वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्धेश्यका साथ निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्सङ्कल्प र नेतृत्वमा निर्माणाधीन देवघाट दिव्यधाम र माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ । यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महा–महोत्सवका सङकल्पकर्ता ईश्वरकृष्ण महाराजले बताउनुभयो ।

उक्त आश्रम निर्माणकोलागि हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भइसकेका छन् भने १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ। आश्रम संगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पथ्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने ईश्वरकृष्ण महाराजले बताउनुभयो ।

मन्दिर र आश्रमको गरि कुल लागत करिब दुई अर्ब रुपियाँ खर्च लाग्ने जनाइएको छ । निर्माणाधीन मन्दिरलाइ हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको छ ।महा–महोत्सवको कार्यक्रम अन्तर्गत यहि पौष २४ गते गणेश पूजन, भूमि शोधन, र आदिवास पूजन, २५ गते श्री नृसिंह महायज्ञ र महाशुदर्शन यज्ञ, पौष २७ गते देवघाट दिव्यधाम परियोजनाको शिलान्यास गरिसकिएको छ ।

माघ १ देखि ३० गतेसम्म वेणी सङ्गममा २४ सै घण्टा निरन्तर हरिनाम संकीर्तनको व्यवस्था गरिनेछ । १०८ जनाद्वारा श्रीमद्भागवतको पाठ गरिनेछ । त्यस्तै एक लाख २५ हजार श्रीफलको हवन, एक लाख शीला पूजन र शिलान्यास समेत गरिनेछ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #देवघाटमा महाउत्सव हुने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545