रविलाई अदालत लगिँदै, कहाँ छन् छवि ?
काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई बबरमहलस्थित जिल्ला अदालत लगिँदै छ । तर, बिहीबार पोखराबाट उनीसँगै रिहा भएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी अहिलेसम्म काठमाडौं जिल्ला अदालतमा हाजिर हुन गएका छैनन् ।
जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार रविलाई अदालत लैजाने टोली तयार भइसकेको छ । तर, जोशीका बारेमा केही जानकारी नभएको उनले बताए ।
नेपाल प्रेसले सम्पर्क गर्न खोज्दा उनको मोबाइल नेटवर्क कभरेजभन्दा बाहिर रहेको संकेत आयो । ह्वाट्सएप कल रिसिभ भएन ।
उनी पनि पोखरामा सञ्चालित सूर्यदर्शन सहकारी ठगी मुद्दामा रविसँगै बिहीबार रिहा भएका थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि उनी काठमाडौं गएको कास्की प्रहरी स्रोतले बताएको छ । तर, काठमाडौंमा प्रहरी र अदालत दुवैको सम्पर्कमा छैनन् ।
कास्की जिल्ला अदालतमा प्रहरीले मुद्दा पेश गर्दैमा निजहरू छुटिजाने अवस्थामा पुनः प्रहरीकै जिम्मा दिन माग गरेको थियो । तर, अन्य जिल्लाका मुद्दाका सम्बन्धमा आफैँ उपस्थित हुने गरी रिहा भएका थिए । त्यसैले काठमाडौं प्रहरीसँग उनलाई पक्राउ गर्ने आधार छैन । ‘अदालतले उपस्थित गराउ’न भन्यो भने मात्र आफूहरूले खोज्नुपर्ने प्रवक्ता अधिकारीले बताए ।
रविको हकमा आइतबार जिल्ला अदालतमा बयान सकिएपछि पनि थुनछेक बहस शुरु नहुँदा न्यायीक हिरासतमा राख्न प्रहरी परिसर पठाइएका थिए । आज थुनछेक बहस हुने सम्भावना छ । बहसपछि इजलासको आदेशअनुसार धरौटीमा छुट्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने निर्क्यौल हुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कहाँ छन् छवि ?, #रविलाई अदालत लगिँदै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्