Techie IT
बुधबार, माघ २,२०८१

यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ

चेकजाँचलाइ अझै कडाइ बनाउँन्छौं - प्रहरी निरीक्षक बिष्ट


ईलाका प्रहरी कार्यालय फपिङबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको समाचार कक्षले दिएको जानकारी अनुसार नियमित सवारी चेकजाँचका क्रममा ६ सय पिस ट्याब्लेट सहित रौतहट परवानीपुर नगरपालिका २ जिङगडुवा घर भई बस्ने वर्ष १८ को इफान शेखलाइ प्रहरीले पक्राउ गरेको हो ।

पौष २४ गते साँझ अन्दाजी ५ बजेको समयमा रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ८७५७ नंम्बरको टाटा सुमोको सिट नम्बर १० मा सवार शेखलाई शंका लागी चेकजाँच गर्दा उनले बोकेको कालो रंगको झोलाभित्र पोका बनाई लुकाईछिपाई ल्याइएको प्रतिबन्धित ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५० लेखिएको ६०० पत्ता ६ सय पिस ट्याब्लेट सहित नियन्त्रणमा लिएको प्रहरीद्वारा जारी सुचनामा भनिएको छ ।

प्रहरीले गरेको नियमित तथा छड्के चेकजाँचका क्रममा यो स्थलबाट लागु औषध सहित यसअघि पनि पटकपटक विभिन्न मानिसहरू पक्राउ परेसंगै मदन भण्डारी राजमार्ग प्रहरीले विशेष कडाइ गर्दै आएको छ । मदन भण्डारी राजमार्ग  लागुऔषध ओसारपसारको मुख्य मार्ग बन्न थाले पछि चेकजाँचमा विशेष कडाइ बनाइएको फपिङका प्रहरी निरीक्षक रमेश बिष्ट बताउँछन् । अपराध अनुसन्धानमा दख्खल रहेका निरीक्षक बिष्टले फपिङको जिम्मेवारी सम्हालेदेखी लागू औषध विरुद्ध अप्रेसन जारी राखेका छन् । उनलेे कमान्ड सम्हालेयता आफ्नो जिम्मेवारी समाजमा शान्तिसुरक्षा उपलब्ध गराउनु नै प्रमुख रहेको बताउँदै त्यस्मा पनि लागूऔषध मुख्य रहेको उनी बताउँछन् ।

उनले भने–‘डरलग्दो अवस्थामा ओसारपसार हुन थालेको लागु औषध नियन्त्रणका लागि अभियान शुरु भएको छ ।’ युवाहरु कुलतमा फस्दै गएको, लागुऔषध कै कारण भविश्य अन्धकार बनाउँदै लगेको अभिभावकको गुनासो सँगै प्रहरीको अभियानलाई तिब्र बनाईएको उनले बताए । लागुऔषध बरामद हुँदा मोटरसाईकल, भाडाका सवारी साधन, होटल, ब्यक्तिगत घर, डेरा, पोल्टिफार्म, मोटर पार्टस प्रयोग गर्ने गरेका छन् ।

लागु औषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्रकृतिक तथा कृतिम लागुऔषध बुझिने प्रहरीले जनाएको छ ।

नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ । लागुऔषधको दुरुपयोको समस्या दिनानुदिन बढीरहेकाले फपिङ प्रहरी आक्रमक शैलीमा लागुऔषध कारोबारी पक्राउ गर्न थालेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । उनका अनुसार प्रहरीले सवारी चेकजाँचलाई कडाइ गरेसँगै केही न केही मात्रामा लागुऔषधका सामग्री बरामद हुने गरेको बताए ।

लागुऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् । पक्राउ पर्ने प्रयोगकर्ता अभिभावकको निगरानीमा नभएका युवा रहेको देखिन्छ । पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको वहकाउमा परेर दु्र्यसनीमा फस्ने गरेको प्रहरीको भनाइ छ । “यसअघि प्रायजसो मधेसी समुदायमा लागुऔषधको दुव्र्यसनी देखिँदैन थियो”, तर पछिल्लो समय युवा जमातमा ह्वात्तै त्यसको लत देखिन थालेको छ ।”

“छोरालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्ना छोराहरु लागुऔषध दुव्र्यसनमा लागेको पत्याउँदैन”, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्टले भने, “लागुऔषधको दुव्र्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र घर परिवार आफैँ सचेत हुनुपर्छ ।” गाँजाको खेती नेपाली भूमिमा नै गरिने हुँदा लागुऔषधको नियन्त्रणको साथसाथै गाँजाको खेती नष्ट गर्ने अभियान समेत प्रहरीले थालेको छ ।

अपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण लिन समुदायको पनि साथ रहेको प्रहरीले बताएको छ । समुदाय प्रहरी साझेदारीले गाउँघर कतै झैझगडा, अस्वाभाविक क्रियाकलाप र लागुऔषधको कारोबार भएमा स्थानीय समितिका सदस्यहरूले सिधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले विभिन्न अपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण लिन सहज भएको बिष्टको भनाई छ । प्रहरी निरीक्षक बिष्टले कमान्ड सम्हालेको  फपिङ प्रहरीले लागूऔषध माथि गरेको एक्सन यो तेस्रोपटक हो ।


क्याटेगोरी : banner, bannernews, अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545