Techie IT
बुधबार, माघ २३,२०८१

जय ट्रफी : मधेशमाथि पुलिसको सानदार जित


‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सानदार जित निकालेको छ ।

वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेशमाथि एक इनिङ्स र ३५ रनको जित निकालेको हो । दोस्रो इनिङमा मधेश ३२।२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमै समेटिएपछि पुलिसले फेरि ब्याटिङ गर्नुपरेन ।

मधेशका लागि विशाल पटेलले २७, मायन यादवले २२ र हिमान्शु दत्तले १७ रन बनाउनुभयो । मधेशका अन्य ब्याट्सम्यान निरीह बनेका थिए । बलिङमा पुलिसका कुशल भुर्तेलले पाँच विकेट लिनुभयो ।

गुलशन झाले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिनुभयो । अलराउन्डर प्रदर्शन गर्नुभएका पुलिसका कुशल भुर्तेल प्लेयर अफ दि म्याच हुनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा पनि एक सय २९ रनमा समेटिएको थियो । २५८र४ को स्थितिमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको पुलिसले अघिल्लो दिन एक सय २९ रनको अग्रता लिएको थियो ।

यसअघि पुलिसले विभागीय अर्को टोली आर्मी र मधेशले बागमती प्रदेशसँग बराबरी खेलेको थियो । अब लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेश र मधेशले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #जय ट्रफी : मधेशमाथि पुलिसको सानदार जित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545