Techie IT
बुधबार, माघ २,२०८१

के हुन् मधुमेहका लक्षणहरू?


मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको  मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट  उत्पादन हुन् । मधुमेहको समस्या विश्वभरि निरन्तर बढिरहेको छ। विश्वभरि अनुमानित ४२ करोड मानिस मधुमेहबाट पीडित छन्।

खाना खाएपछि हाम्रो शरीरले कार्बोहाइड्रेटलाई टुक्र्याएर ग्लुकोज बनाउँछ। इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर इन्सुलिनले राम्ररी काम नगरे वा त्यसको उत्पादन नभए रगतमा चिनी जम्मा हुन थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ ।

के हुन मधुमेहका लक्षणहरू?

सबैभन्दा सामान्य लक्षणहरू यस्ता छन्:

  • एकदमै धेरै तिर्खा लाग्ने
  • नियमितभन्दा धेरै पिसाब लाग्ने, विशेष गरेर रातको समयमा
  • थकाइ महसुस हुने
  • प्रयास नगरीकनै तौल घट्ने
  • हात खुट्टा झमझमाउनु , रिंगटा लाग्नु
  • धमिलो देखिने,आखा तिरमिराउने

क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #के हुन् मधुमेहका लक्षणहरू?


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545