Techie IT
बुधबार, माघ २,२०८१

प्रलेस महोत्तरीको चौथो अधिवेशन सम्पन्न


यही मिति २०८१ साल पुस २३ गते मङ्गलबारका दिन प्रलेस महोत्तरीको चौथो अधिवेशन प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा.मधुसूदन गिरीको प्रमुख आतिथ्यमा र प्रलेस महोत्तरीका निवर्तमान अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त अधिवेशनको सञ्चालन निवर्तमान प्रलेस महोत्तरी सचिव भिम कुमार राउतले गरेका थिए भने सो कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्णलाई प्रलेस महोत्तरी उपाध्यक्ष सानीमाया पुलामीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

अधिवेशन सफलताको शुभकामना मन्तव्य दिने अतिथिहरूमा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्ज बहादुर कार्की, नेकपा एमालेका मधेस प्रदेश स्कुल विभाग प्रमुख साहित्य प्रेमी शङ्कर महतो, बर्दिबास उद्योग सङ्घ महोत्तरीका अध्यक्ष विष्णु बहादुर खड्का, प्रलेसका केन्द्रीय सदस्य एवम् बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान महोत्तरी उपाध्यक्ष जीवनस्पर्शीले कार्यक्रम सफलताका साथै नयाँ बन्ने समितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

चौथो अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रलेस नेपालका केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरीले २००९ सालमा स्थापना भई २०५२ सालमा दर्ता भएको यो प्रलेस बामपंथी विचार बोक्नेहरूका साझ मोर्चा हो ।यसले बामपंथीहरूको राजनीतिक एकतामा जोड दिँदै उदेश्य र गन्तव्य एउटै लिएर हिँडेकाहरूलाई एकताको मालामा गाँस्ने विचारात्मक लेखकीय भूमिका निर्वाह गरिरहेको र भोलिका दिनमा पनि यसैगरी जिम्मेवारी पूरा गर्ने दिशामा अग्रसर हुने कुरा व्यक्त गरेका थिए ।

सभाध्यक्ष प्रलेसका निवर्तमान अध्यक्ष नारायण घिमिरेले आफ्नो नेतृत्वमा भए गरेका कामको समीक्षा गर्दै समितिलाई धन्यवादका साथ पुरानो समिति विघटन गरेर नयाँ नेतृत्व चयनका लागि जीवन स्पर्शीको संयोजक र प्रेम घिमिरे र नारायण घिमिरे रहेको अध्यक्ष मण्डल घोषणाका साथ पहिलो सत्रको समापन गरेका थिए ।

दोस्रो सत्रको सुरुमा अध्यक्ष मण्डलले नयाँ समिति निर्माणका लागि व्यापक छलफल गरि प्यानल प्रस्ताव गरेको थियो भने सो प्रस्तावलाई सभाले अनुमोदन गर्यो ।सो अनुमोदित नयाँ समिति निम्न अनुसार रहेको छ:

अध्यक्ष : रामचन्द्र पौडेल (विपुल विद्रोही),
उपाध्यक्ष : निरज अधिकारी,
” : सानीमाया पुलामी,
” : विमला विश्वकर्मा,
सचिव :नारद काफ्ले (विश्वास अभियान),
सहसचिव : विशाल बस्नेत,
कोषाध्यक्ष : जीवनराज दहाल,
सदस्यहरू: यशोदा श्रेष्ठ,
“: श्याम यादव,
” : रामचन्द्र यादव,
” : पवनकुमार वाग्ले,
” : सुशील यादव,
” : रञ्जन भण्डारी,
” : सीता पौडेल,
” : प्रतिमा पौडेल
रहेकोमा बाँकी केही सदस्य समितिका बैठकले थप गर्ने छ ।

कार्यक्रममा चर्चित गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ एल्बमको मीठो गीत गाएर सबैलाई मन्त्र मुग्ध पारेका थिए भने कार्यक्रमको अन्तमा प्रमुख अतिथिले नयाँ समितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष मण्डलका सदस्य प्रेम घिमिरेले नयाँ समितिको प्यानल प्रस्ताव गरेका थिए । उक्त अधिवेशन कार्यक्रम बर्दिबास उद्योग बाणिज्य सङ्घको सभाहलमा भएको थियो ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545