Techie IT
शनिबार, वैशाख ६,२०८२

भूकम्पको केन्द्रबिन्दुबाट ३५ किलोमिटर टाढा रहेको किमाथाङ्कामा एक घरमा क्षति


खांदबारी (संखुवासभा), २३ पुस । संखुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रबिन्दु भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण एक घर क्षति पुगेको छ ।

करिब ३५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको भूकम्पले भोटखोला १ किमाथाङ्का तेनछेबी भोटेको घर चर्किएको हो । जस्ता र ढुंगामाटोले बनेको २ तले घरमा क्षति भएको प्रहरीले जनाएको छ ।

किमाथांकाबासीहरु पटकपटक भूकम्पले जमिन हल्लाएका कारण त्रसित रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो । किमाथांकाबाट पारीपट्टी भएका सडक भत्किएको अध्यक्ष भोटेले बताउनुभयो । नाका खुलेपछि भोटखोलाबासीको दैनिक किनमेल गर्ने थलो चाँगा र डिङ्गी बजार हो । गाउँपालिकाका तर्फबाट पनि ५ वटै वडामा तथ्यांक संकलन गर्ने काम शुरु गरेको उहाँले बताउनुभयो ।

क्षतिको विवरण बुझ्न प्रहरी गाउँगाउँमा गइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी दक्ष कुमार बस्नेतले बताउनुभयो । सञ्चारको समस्या भएका कारण क्षतिको बिवरण आउन ढिलाई भएको डिएसपी बस्नेतले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #एक घरमा क्षति, #किमाथांका, #भुकम्प, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545