Techie IT
शनिबार, वैशाख ६,२०८२

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘घट्ने ठाउँ धेरै छैन’


काठमाडौँ, पुस १८ गते । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा झिनो अंकको बढोत्तरी आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.६३ अंकले बढेर २ हजार ५८६.२३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४४३.५६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८६ हजार ७०५ कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,‘अहिले पुस मसान्तको दबाबका कारण बजरले गति लिन सकेको छैन । बजारमा साना उतारचढाव हुनु सामान्य नै हो ।’

अहिले बैंकको ब्याज तिर्नुपर्ने कारणले बजारले गति लिन नसकेको तर पुसको अन्तिमबाट भने बजारले गति लिनेमा उनी ढुक्क देखिए ।

विशाल बजार जस्ता ठूला कम्पनीलाई छाड्ने हो भने बजार अहिले पनि २२–२३ सयकै विन्दुमा रहेको उनले बताए । ‘घट्दो ब्याजदर भएका कारण अहिलेपनि सेयर बजारमा लगानी गर्ने उपयुक्त समय नै रहेको छ,’ उनले भने ।

बजार जानकार सन्ध्या कटुवालले पनि पुस मसान्तका कारण बजारले खासै गति लिन नसेको र घट्न पनि रोकिएको बताइन् । ‘नकारात्मक समाचार पनि विस्तारै हट्न थालेसँगै बजारले अब बिस्तारै गति लिनेछ,’ उनले भनिन् ।

यसका साथै बजार अब निकै घट्ने ठाउँ समेत नरहेको उनले दाबी गरिन् ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा गिरावट आयो भने अन्य ८ वटा समूहमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक अर्थात २.४० प्रतिशतले बढ्यो । वित्त समूह आज ०.४१, होटल ०.६९, हाईड्रो १.८७, जीवन बीमा ०.३७,उत्पादन तथा प्रशोधन ०.८०,म्युचुअल फण्ड ०.३० र निर्जीवन बीमा समूह ०.७७ प्रतिशतले बढ्यो ।

आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.०३ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.१५, लगानी ०.३३,माइक्रोफाइनान्स ०.२१ र अन्य समूह १.८४ प्रतिशतले घट्यो ।


क्याटेगोरी : अर्थ
ट्याग : #‘घट्ने ठाउँ धेरै छैन’, #breaking, #जानकार भन्छन्, #झिनो अंकले बढ्यो नेप्से


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Rain
5:33 am6:31 pm +0545