Techie IT
शनिबार, वैशाख ६,२०८२

आज बढ्यो सुनको मूल्य ,प्रतितोला कति पुग्यो भाउ ?


काठमाण्डौ । आज सुनको मूल्यमा ४ सय रुपैयाँको बढोत्तरी आएको छ । घरेलु बजारमा अघिल्लो दिन ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको भाउ पनि वृद्धि भएको छ । चाँदीको मूल्य ५ रुपैयाँले उकालो लाग्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #आज बढ्यो सुनको मूल्य, #प्रतितोला कति पुग्यो भाउ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545