Techie IT
बुधबार, वैशाख ३,२०८२

साका घाइते हुँदा आर्सनललाई समस्या


काठमाडौं। आर्सनल स्टार बुकायो साका ह्यामस्ट्रिङको चोटको कारण कम्तिमा दुई महिना मैदान बाहिर हुने भएपछि इङ्लिस क्लब आर्सनल समस्यामा परेको छ ।

 

आर्सनलका विंगर साका कम्तिमा दुई महिना मैदानबाहिर रहने आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले बताएपछि आर्सनलका फ्यान निरास भएका हुन् ।

गत साता क्रिस्टल प्यालेसविरुद्ध ५(१ को जित निकाल्दा साकाको ह्यामस्ट्रिङमा चोट लागेको थियो ।

अर्टेटाले भने, ‘उनको शल्यक्रिया भएको छ र सबै कुरा सही हुँदैछ । म यकिनका साथ भन्न सक्दिन साका कहिले मैदान फर्किने छन् । तर उनी कम्तिमा पनि दुई महिना मैदान बाहिर रहनेछन् ।’

हाल इंग्लिस प्रिमियर लिग ९इपिएल०मा आर्सनल दोस्रो स्थानमा छ । साकाको प्रेरणादायी प्रदर्शनले आर्सनल पछिल्लो समय लयमा आएको थियो । अब उसले कम्तिमा दुई महिना साकाको अभावमा खेल खेल्नुपर्ने भएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #साका घाइते हुँदा आर्सनललाई समस्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Thunder
5:36 am6:30 pm +0545