Techie IT
शनिबार, वैशाख ६,२०८२

आज पनि बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #आज पनि बढ्यो सुनको भाउ, #प्रतितोला कतिमा हुँदैछ कारोबार ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545