हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन

न्युटनले प्रथम हिमरश्मि कप यू–१९ कलेज र स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
हिमरश्मिले जय मल्टिपल क्याम्पसलाई सीधा ३–० को हराउँदै तेस्रो भयो । न्युटनले २५ हजार, एन्जल्सले १५ हजार र हिमरश्मिले पाँच हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा न्युटनका राजन परियार प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
हिमरश्मिका सन्देश परियार उत्कृष्ट लिफ्टर, हिमरश्मिकै अमृत अधिकारी उत्कृष्ट स्पाइकर, एन्जल्स हार्टका प्रवीण सुनार उत्कृष्ट सर्भर, न्युटनका सरोज खनाल उत्कृष्ट डिफेन्डर, एन्जल्स हार्टका निर्मल विक उत्कृष्ट ब्लकर तथा न्युटनका कृष्ण साउद उदीयमान खेलाडी चुनिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #हिमरश्मि भलिबलमा न्युटन च्याम्पियन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्