Techie IT
शनिबार, वैशाख ६,२०८२

धेरै नुनको प्रयोगले स्वास्थ्यलाई कति हानि गर्छ ?


२ पौष, काठमाडौं । खानाका लागि नुन सोडियमको प्रमुख स्रोत हो । सोडियम हाम्रो शरीरको एक जरुरी हिस्सा हुनाले हाम्रो शारीरिक प्रक्रियामा विभिन्न किसिमले सोडियमको आवश्यकता परेको हुन्छ ।   ब्लड प्रेसर कन्ट्रोल गर्नका लागि पनि सोडियमले भूमिका खेल्ने गर्छ ।

यसका अलावा सोडियमले शरीरमा कस्तो कस्तो भूमिका खेल्छ त ? हाम्रो शरीरलाई जति सोडियमको जरुरी पर्छ, त्यसको ९० प्रतिशत हिस्सा टेबल साल्ट या हामीले प्रयोग गर्ने नुनबाट पूरा हुन्छ । वैज्ञानिक भाषामा यसलाई  सोडियम क्लोराइड  भनिने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले स्वस्थ मानिसलाई दैनिक पाँच ग्रामभन्दा कम नुन खान सल्लाह दिने गर्छ । ५ ग्राम भन्नाले  करिब एक चम्चा बुझिने गरिन्छ।

 

धेरै नुनको प्रयोगले मानिसको स्वास्थमा कस्तो  असर पर्छ ?

कुनै पनि उमेरका मानिसले धेरै नुनको प्रयोग गर्दा रक्तचाप बढ्न सक्ने सम्भावना हुन्छ ।  खानपानमा नुन अधिक मिसाएर खानु पनि खतराको कुरा हो ।

अधिक नुनकोप्रयोगले मुटुको बिरामी, ग्यास्ट्रिक, क्यान्सर र मस्तिस्कमा रगतको प्रवाहमा नकारात्मक असर पर्न सक्छ साथै दिमागको कुनै नसा फुट्ने खतरा पनि हुन्छ ।

 

 


क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #धेरै नुनको प्रयोगले स्वास्थ्यलाई कति हानि गर्छ।


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545