Techie IT
मंगलबार, वैशाख ९,२०८२

नेपाल प्रज्ञाप्रतिष्ठानसँग मधेसका सर्जक भेटघाट


प्रगतिशील लेखक सङ्घ मधेस प्रदेशसँग प्रज्ञाप्रतिष्ठान कार्यक्रममा कवि गणेश कुमार अधिकारीको कृति विमोचन कार्यक्रम प्रगतिशील लेखक सङ्घ नेपाल मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेको अध्यक्षता र पूर्व विज्ञान शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।

प्रगतिशील लेखक सङ्घ नेपाल, मधेस प्रदेशले जनता माध्यामिक विद्यालय गौरीडाँडाको सभाहलमा आयोजना गरेको ‘नेपाल प्रज्ञाप्रतिष्ठानसँग मधेसका सर्जक भेटघाट तथा कवि गणेशकुमार अधिकारीद्वारा सिर्जित कविता कृति ‘सम्झनाका तरेली’को लोकार्पण’मा प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्री गिरिराजमणि पोखरेल, प्रगतिशील लेखक सङ्घ नेपालका आदरणीय अध्यक्ष प्रा.डा. मधुसूदन गिरी, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली, नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य त्रैलोक्यमान बनेपाली, प्रगतिशील लेखक सङ्घ नेपाल, मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरे लगायतका स्रष्टाहरुले संयुक्त रुपमा कृति विमोचन गरेका छन् ।

प्रलेस मधेस प्रदेशका सचिव भीमकुमार राउतले सञ्चालन गरेको कार्यक्रमलाई शुभकामना दिने वक्ताहरूमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्कृली, नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, नियात्राकार रमेश मोहन अधिकारी, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की, जनता माध्यमिक विद्यालय गौरीडाँडाका वि.व्य.स.अध्यक्ष राजन प्रसाद ढुंगाना, कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला पोखरेल थिए ।

सो कार्यक्रममा उपस्थिति अतिथिहरूमा प्रलेसका केन्द्रीय सदस्य जीवनस्पर्शी, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद गौतम, प्रलेस केन्द्रीय परिषद सदस्य प्रेम घिमिरे, सर्लाही साहित्य समाजका अध्यक्ष उत्तम दहाल, कमला कला साहित्य समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना, बर्दिबास साहित्यिक-साँस्कृतिक प्रतिष्ठान बर्दिबासका अध्यक्ष रामचन्द्र पौडेल, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशका सचिव विनोद ढुङ्गेल, सोही प्रतिष्ठानका महोत्तरी जिल्ला अध्यक्ष वेलबहादुर परियार, उद्योग वाणिज्य सङ्घ बर्दिवासका महासचिव उत्तमकुमार श्रेष्ठ, जनता मा.वि.का प्र.अ रामसकल महतो, पूर्व प्र.अ. नेत्र रम्तेल, श्री मा.वि. हातीलेटका प्र.अ. रोजी फुयाल, जनसाँस्कृतिक महसङ्घको के.स विमल वि.क, बुढ्यौली साहित्य समज महोत्तरी सचिव नारद काफ्ले, मिथिला सहित्य प्रतिष्ठानका सचिव निरप्रसाद शर्मा लागाएतका अतिथि रहेका थिए ।

सो कार्यक्रममा रचना वाचन गर्ने स्रष्टाहरू बाल कवि दशक बलम्पाकी, गणेश तिमल्सिना, उत्तम दहाल, अग्नि कवच, राजेश्वरी काफ्ले, नीर प्रसाद शर्मा, भिम राउत, सरिता सिंह, रुद्रसेन विश्वकर्मा र घनश्याम पन्त थिए । कवि गणेश कुमार अधिकारीद्वारा लिखित सम्झनाका तरेली कृतिमाथि भाव पक्ष तथा व्यक्तित्व बारेमा कवि लिलानाथ गौतमले चर्चा परिचर्चा गरेका थिए भने कविताको छन्द विधानमा अग्नि कवचले चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रममा महत्त्वपूर्ण विचार राख्ने वक्ताहरूमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले हरेक स्थानीय सरकारलाई पालिका स्तरिय प्रज्ञाप्रतिष्ठान गठन गरेर भाषा साहित्यको उत्थानमा लाग्न सुझाउनु भयो । प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष प्रा.डा. मधुसूदन गिरीले प्रगतिशील साहित्यले समाजमा रहे भएका समस्या पहिचान गरि समाधानका उपाय समेत आफ्ना रचना अभिव्यक्त गर्ने साहित्य मात्र प्रगतिशील साहित्य हुने विचार राखेका थिए ।

कृतिकार गणेशकुमार अधिकारीले कार्यक्रममा बोल्दै म उमेरले पाको भएपनि साहित्यले बामे सर्दै गरेको बालकको रुपमा भएकोले केही गल्ती भएमा सुझाव दिन आग्रह समेत गरेका थिए ।

प्रमुख अतिथि पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले समाजलाई प्रगतिशील रुपान्तरण गर्न प्रगतिशील लेखकहरुको अहम भूमिका हुने विचार राख्नु भयो । लेखकहरुले सामाजिक विकृतिमाथि प्रहार गर्नु लेखकीय धर्म हो । तर व्यक्तिगत गालिगलोजमा उत्रनु नराम्रो हो । लेखकहरुले समाज र सरकारलाई सचेत गराउँने साहित्य सिर्जना गरी अग्रगामी समाज निर्माणमा भूमिका खेल्न सुझाए ।

प्रगतिशील लेखक सङ्घ नेपाल, मधेस प्रदेशको निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगाएत विभिन्न सङ्घ, संस्थाबाट कार्यक्रममा पाल्नुहुने मित्रहरु, नि:शुल्क व्यानर उपलब्ध गराईदिनुहुने द सनग्रुप एड्भटाईजिङ्ग प्रा.लि, कार्यक्रम स्थल उपलब्ध गराईदिनुहुने जनता माध्यमिक विद्यालय परिवार र कार्यक्रम सम्पन्न गर्न अथक प्रयत्न गर्नुहुने सम्पूर्णलाई सभाध्यक्ष नारायण घिमिरेले धन्यवाद ज्ञापनका साथ सभा विसर्जन गरेका थिए ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545