Techie IT
आईतबार, वैशाख ७,२०८२

‘म मक्किएको धुरी खाँवो’ विमोचन


काठमाडौ ।गायक जगत मर्दन थापाको पाँचौ गीति एल्बम ‘म मक्किएको धुरी खाँवो’ विमोचन गरिएको छ।

सात वटा गीत रहेको उक्त एल्बममा ‘म मक्किएको धुरी खाँवो’ गीतमा उनलाई गायक दिपेश किशोर भट्टराई पनि साथ दिएका छन्। गीतकार हर्क साउद रहेका छन् भने संगीत कल्याण सिंहले दिएका छन्। उदयराज पौडेलले एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा टिका पहाडीले अभिनय गरेका छन्।

विमोचन कार्यक्रममा बोल्दै गायक प्रेमध्वज प्रधानले जगत मर्दनको ८४ औं बसन्तमा पनि गीत संगीतप्रतिको लगावलाई खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा गायिका उषा शेरचन, नायिका भुवन चन्द, संगीतकार शम्भुजित बाँसकोटा लगायतको उपस्थिति थियो।

जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले ६ वटा गीतको प्रस्तुति दिँदा कार्यक्रम संगीतमय भएको थियो।

बिहीबार लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजित एक कार्यक्रममा प्रमुुख अतिथि गायक प्रेमध्वज प्रधानले उक्त एल्बमको विमोचन गरेका हुन्। विमोचनमा विशेष अतिथि गीतकार यादव खरेल तथा विश्लेषक प्रकाश शायामी तथा एल्बम निर्माता मोहित मर्दन थापा सहभागी थिए।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जगत मर्दन थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545