नेपाल उद्योग वाणिज्य महासंघले छिट्टै मध्यस्थता केन्द्र खोल्ने छ : अध्यक्ष ढकाल

२८ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले व्यवसायिक विवाद समाधानका लागि छिट्टै एक मध्यस्थता केन्द्र स्थापना गरिने घोषणा गरेका छन् ।
ललितपुरमा बिहीबारबाट सुरु भएको उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले नेपालमा व्यवसायिक वातावरणलाई अझै प्रभावकारी बनाउन महासंघले विभिन्न योजनाहरू अघि बढाइरहेको उल्लेख गरेका छन् । ‘मध्यस्थता केन्द्र स्थापना भएपछि नेपालमा व्यापारिक वातावरण झन् सुदृढ हुने विश्वास छ, ’उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गर्ने मध्यस्थता केन्द्रले व्यवसायिक विवाद समाधानलाई सहज बनाउने मात्र नभई, नेपालको व्यवसायिक वातावरणलाई लगानीमैत्री बनाउन पनि सहयोग पु¥याउने अध्यक्ष ढकालको भनाइ छ । व्यवसाय क्षेत्रका
विवादलाई समयमै र निष्पक्ष रूपमा समाधान गर्ने प्रक्रियालाई सुलभ बनाउन वैकल्पिक विवाद समाधान (एडीआर) को महत्त्वमा अध्यक्ष ढकालले जोड दिए ।
‘निर्माण, पूर्वाधार, बैंकिङ र व्यापारजस्ता महत्त्वपूर्ण क्षेत्रमा उत्पन्न हुने विवादहरूलाई छिटो र न्यायसंगत रूपमा समाधान गर्न यो केन्द्रले विशेष भूमिका खेल्नेछ,’ उनले भने ।
अध्यक्ष ढकालले नेपाल सरकारले पछिल्लो समय लगानीसम्बन्धी कानुनी सुधारका क्षेत्रमा चालेका कदमहरूको प्रशंसा गरे । उनले भने ‘हामीले लगानीसम्बन्धी आठ महत्वपूर्ण कानून संशोधन गरेका छौं, जसले प्रक्रियागत समस्या हटाउँदै पारदर्शिता र विश्वासको वातावरण निर्माण गरेको छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल उद्योग वाणिज्य महासङ्घ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्