Techie IT
शुक्रबार, चैत्र २८,२०८१

रविका विषयमा अदालतले भन्योः मानव अधिकारको उल्लंघन नगर्नु नगराउनु


२७ मंसिर, पोखरा । सहकारी मुद्दा प्रकरणमा पक्राउ परेको पूर्वगृहमन्त्री रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न नगराउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

कास्की अदालतका न्यायाधिश चन्द्रकान्त पौडेलको इजालासले मावन अधिकारको उल्लंघनका कार्य नगर्न आदेश दिएको हो ।

बिहिबार म्याद थप वहसका क्रममा विषय उठेपछि न्यायाधिशले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

सोही इजलासले रविमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको छ । रास्वपाले रविलाई चितवनबाट मध्यरातमा पोखरा ल्याएर प्रहरीले मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको थिए ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #रविका विषयमा अदालतले भन्योः मानव अधिकारको उल्लंघन नगर्नु नगराउनु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545