Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौँले लुम्बिनीलाई दियो १०४ रनको सामान्य लक्ष्य


काठमाडौँ, मङ्सिर २६ गते । काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय चार रनको समान्य लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनायो । काठमाडौँका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाउनुभयो ।

डन डथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफ स्किन्जीले रन बनाउनुभयो । बलिङमा लुम्बिनीका साद विन जफरले तीन विकेट लिनुभयो । यस्तै अविशेष गौतम र रामोन सिमोन्डले दुई दुई तथा सूर्य तामाङ र विवेक यादवले एक एक विकेट लिनुभयो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #काठमाडौँले लुम्बिनीलाई दियो १०४ रनको सामान्य लक्ष्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Rain
5:33 am6:31 pm +0545