Techie IT
शनिबार, वैशाख ६,२०८२

चाँगुनारायण कप फुटसल हुने


प्रदिप ढकाल ,भक्तपुर
मंसिर २२, शुक्रबार

झौखेल युवा क्लबको आयोजनामा चाँगुनारायण दुवाकोटमा फुटसल प्रतियोगिता हुने भएको ।आगामी मंसिर २९ गते चाँगुनारायण नगरपालिका फौढोकास्थित फौढोका फुटसलमा चाँगुनारायण नगरपालिका फुटसल प्रतियोगिता२०८१ आयोजना गरिने झौखेल युवा क्लबका अध्यक्ष देवेंद्र गेलालले जानकारी दिए प्रतियोगितामा चाँगुनारायण नगरपालिकाका प्रत्येक वडा स्तरिय टिमले सहभागिता जनाउने छन्।

प्रतियोगिता संयोजक देवेंद्र गेलालले चाँगुनारायण नगरपालिकामा फुटबलसँगै फुटसलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए उनले उक्त प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए त्यस्तै उपविजेता टिमलाई ५० हजार प्रदान गरिनेछ टिम दर्ता खुला रहेकोले टिम दर्ता गर्न ९८४९२६७६६३मा सम्पर्क गर्न सकिने समेत आयोजकले जनाए।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545