सहमति नभएपछि नेतृत्व चुन्न ब्रोकरहरु मतदानमा
![](https://www.sajhapana.com/wp-content/uploads/2024/12/960-462573121_2275282456179898_4095132221349207261_n.jpg)
काठमाण्डौ । सहमतिको प्रयास बिफल भएसँगै नेपाली सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालमा नेतृत्व चुन्नका लागि मतदान प्रक्रिया सुरु भएको छ ।
काठमाण्डौको बानेश्वरस्थित एक होटलमा आज दिउँसो ३ बजेदेखि मतदानको प्रक्रिया सुरु भएको हो ।
नयाँ र पुरानाहरुले खोलेका दुई संगठनको औपचारिक मर्जर भएपछि एकबद्ध बनेका ब्रोकरहरुले नयाँ नेतृत्व चुन्ने कार्यक्रम भएकोले यसलाई महत्वका साथ हेरिएको छ ।
ब्रोकरहरुको चुनावमा सागर ढकाल र राजकुमार तिमिल्सिनाले प्यानल नै बनाएर उम्मेद्वारी दिएका छन् ।
पुराना र अग्रज ब्रोकरहरुको पहलमा यी दुई प्यानललाई राखेर सहमतिका लागि निकै धेरै प्रयास भए पनि त्यो सफल नभएपछि नियमित निर्वाचन कार्यक्रम नै सुरु भएको हो ।
अहिले ब्रोकरहरु लाइन लागेर आफ्नो भावी नेतृत्व चुन्ने प्रक्रियामा सामेल भइरहेका छन् ।
कुल ९२ मतदाता रहेकोले आज रातिसम्म निर्वाचनको मतपरिणाम आइसक्ने बताइएको छ । पछिल्लो समय नेपालको पूँजीबजार बिस्तार भएसँगै लगानीकर्ताहरुको संख्या रफ्तारमा बढिरहेको छ । सोहीअनुसार ब्रोकरको संख्या समेत बढेर ९२ पुगेको हो । उनीहरुको कार्यक्षेत्र पनि व्यापक रुपमा बिस्तार भएको छ । लाखौं लगानीकर्ताहरुले कारोबार गर्ने, लगानीकर्ताहरुलाई कतिपयले सेयर किनबेचको सल्लाह सुझावसम्म दिने भएकोले पूँजीबजारमा ब्रोकरको महत्व बढ्दो छ । बजारको चाल ब्रोकरकै हातमा हुँदै आएकोले समेत पछिल्लो समय राष्टिय अर्थतन्त्रमा समेत उनीहरुको भूमिकाको खोजी हुन थालेको छ । यस्ता कारणहरुले समेत ब्रोकरको नेतृत्वमा आकर्षण र प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सहमति नभएपछि नेतृत्व चुन्न ब्रोकरहरु मतदानमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्