Techie IT
शनिबार, वैशाख ६,२०८२

लुम्बिनीविरुद्ध पोखराको १० विकेटको जित, १७१ रनको लक्ष्य सहजै पछ्यायो


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ ।

सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो । टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्‍यो ।

पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपिएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।


क्याटेगोरी : खेलकुद
ट्याग : #१७१ रनको लक्ष्य सहजै पछ्यायो, #breaking, #लुम्बिनीविरुद्ध पोखराको १० विकेटको जित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545