रोहितको विस्फोटक ब्याटिङमा पोरखारालाई लुम्बिनीले दियो १७१ रनको लक्ष्य

काठमाडौँ, मङ्सिर २१ गते । कप्तान रोहित पौडेलको विस्फोटक ब्याटिङ गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनायो । लुम्बिनीका लागि कप्तान रोहितले अविजित ९५ रन बनाउनुभयो । उहाँले ५९ बलमा १०चौका र चारछक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । टोम मूर्सले ४५ रन बनाउनुभयो । उहाँले ३८ बलमा दुई चौका र दुई छक्का हान्नुभयो । सन्दीप जोराले १८ रन जोड्नुभयो ।
बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिनुभयो । म्याट क्रिच्ट्लीले एक विकेट लिनुभयो । लुम्बिनी लिगमा दोस्रो र पोखरा तेस्रो खेल खेलिरहेको छ । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #रोहितको विस्फोटक ब्याटिङमा पोरखारालाई लुम्बिनीले दियो १७१ रनको लक्ष्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्