Techie IT
शनिबार, वैशाख ६,२०८२

त्रिवि मैदानमा रन वर्षा, लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित


काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ ।

हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हरायो ।

लुम्बिनीले दिएको १९२ रनको लक्ष्य बिराटनगरले एक बल बाँकी छँदा हासिल गरेको हो । दुवै तर्फबाट रन वर्षा भएको खेलको अन्त्यमा हिरो भए स्कटल्यान्डका क्रिस सोल । नवौं विकेटका रुपमा सोल क्रिजमा आउँदा बिराटनगरलाई ४ बलमा १३ चाहिएको थियो । उनले विवेक यादवलाई एक छक्का र दुई चौका हान्दै लुम्बिनीलाई स्तब्ध बनाए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #त्रिवि मैदानमा रन वर्षा, #लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545