Techie IT
शनिबार, वैशाख ६,२०८२

तोलामै एक लाख ६७ हजार नाघ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै एक लाख ६७ हजार रुपैयाँ नाघेको छ ।

यसअघि तोलामा एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एक हजार सात सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार ९६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545