Techie IT
शुक्रबार, चैत्र २८,२०८१

ग्रेजुएट नेपाली विद्यार्थीलाई बिज एजुकेशनद्धारा सम्मान


प्रदिप ढकाल ,काठमाण्डु
मंसिर ०६ , विहीबार

भविष्यको राम्रो सपना बुनेर विदेश पढ्न जाने विद्यार्थीको लर्को लागिरहेकै बेला युनिर्भसिटि अफ सेन्ट्रल लंकाशायरबाट ग्रेजुएट भएर नेपाल फर्किएका नेपालमै भविष्य सिंगार्न खोजेका विद्यार्थीलाई सम्मान गरिएको विदेशमा सिकेको सिप नेपालमै लगाएर असल व्यवसायी बन्न चाहने विद्यार्थीलाई बिज एजुकेशनद्धारा सम्मान गरिएको हो ग्रेजुएट विधार्थीलाई सम्मान गर्नुहुदै बिज एजुकेशनका निर्देशक हरि कार्कीले विदेशमा सिकेको सिप मेहनत अब स्वदेशमा फर्केर आफ्नो दक्षता तथा क्षमतासंगसंगै व्यवसायीक बन्न आफ्नो सस्थाले विद्यार्थीहरुलाई सिकाइरहेको बताउँनु भयो बिज एजुकेशनले सामाजिक कार्यमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै बेलायतको अर्थतन्त्रका फाइदाहरूलाई विद्यार्थीहरूले नेपालमा समेत लागु गर्नु पर्ने धारणा राख्नु भयो संस्कृति, शिक्षा, रोजगारीका अवसरहरूका लागि नेपाली विद्यार्थीहरूको लागि बेलायत गन्तव्य भएको उहाँको भनाइ सम्मान कार्यक्रममा नेपाली विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न गन्तव्य छनोट गर्दा विचार गर्नुपर्ने मुख्य विषयका बारेमा रेखा नेगी लामाले प्रकाश पार्नु भयो विद्यार्थीहरूलाई सम्मान गदै अन्तर्राष्ट्रिय निर्देशक उला ताङ प्लोमामले किन नेपालका धेरैजसो  विद्यार्थीको अध्ययन क्षेत्रको रूपमा व्यवसाय व्यवस्थापन पाठ्यक्रम छनौट गर्ने भन्ने विषयमा झुकाव दिनु भयो करियरको लचिलोपन, सीपका लागि विश्वव्यापी माग बढेको उहाँको भनाइ नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय छात्रवृत्ति उच्च उपलब्धि हासिल गर्न छात्रवृत्तिको सन्दर्भमा समेत बिज एजुकेशनले सहजीकरण गरिरहेको उला ताङको भनाइ कार्यक्रममा सहभागिले स्नातक पछि नेपाली विद्यार्थीहरूको लागि करियर विकल्पहरू के छन्, विशेष गरी व्यवसाय, स्वास्थ्, आईटी, कम्प्युटर विज्ञान इन्जिनियरिङ जस्ता क्षेत्रमा विश्वविद्यालयहरूले कसरी विद्यार्थीहरूलाई रोजगारी बजारको लागि तयार गर्न मद्दत गर्छन् भन्ने विषयमा सवाल उठाएका थिए जवाफमा आयोजकले विदेशमा विद्यार्थी पठाउनेमात्र नभैइ विदेशबाट नेपाल फर्किएपछि आफ्नो सिप, क्षमता, दक्षतालाई व्यवसायमा रुपान्त्रण गर्न समाजमा उत्तरदायि बहन गर्न समेतमदत पुर्याएको बताए बिज एजुकेशनले विभिन्न सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको जानकारी दिएको थियो


क्याटेगोरी : ब्रेकिंग न्युज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545