Techie IT
मंगलबार, वैशाख ९,२०८२

जनता साहित्यिक मञ्च गौरीडाँडाको तेस्रो साहित्य शृङ्खला सम्पन्न


यही मिति २०८१ साल कार्तिक ३० गते शुक्रबारका दिन यस जनता साहित्यिक मञ्च गौरीडाँडाको तेस्रो शृङ्खला यस मञ्चकी अध्यक्ष सुप्रिया बस्नेतको अध्यक्षतामा सम्पन्न भयो ।

यस मञ्चका उपाध्यक्ष राजेश भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागी सम्पूर्णलाई कोषाध्यक्ष नम्रता ठाकुरले शब्दद्वारा स्वागत गरेकी थिइन् । साथै कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा साहित्य प्रेमी प्रविण पौडेल, कक्षा १२ विज्ञान संकायकी छात्रा सजिना सिंहले साहित्यको महत्त्वमाथि चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै बर्दिबास साहित्यिक-सास्कृतिक प्रतिष्ठानका महोत्तरीका अध्यक्ष तथा शिक्षक रामचन्द्र पौडेलले ‘विद्यालयमा साहित्यको महत्त्व छ भन्दै आफ्नो जीवन भोगाइका कुरा साहित्यमा उतार्नु पर्ने, जसले मानवीय चेतनाको विकास गर्ने छ यसमा सबै विद्यार्थी समेटिनु आवश्यक छ’ भन्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न लयका गीत, कविता वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरूमा विद्या साह, साक्षी यादव, सन्जु महतो, सरिता दास, सजिना सिंह, राजेश भण्डारी, प्रविण पौडेल, सुप्रिया बस्नेत र रामचन्द्र पौडेल थिए भने कार्यक्रममा सक्षम बराल, अर्पण उपाध्याय, सफल पौडेल, यमुना बराल, सुशान्त लगायत अन्य साहित्य प्रेमीहरूको बाक्लो उपस्थिति थियोे ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष सुप्रिया बस्नेतले कार्यक्रमको अतिथि लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन् । कार्यक्रम बर्दिवास गौरीवास स्थित जनता मा.वि.को टि बल्कको आइ.सि.टि हलमा सम्पन्न भएको थियोे ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545