Techie IT
मंगलबार, वैशाख ९,२०८२

बुढ्यौली साहित्य समाज महोत्तरीको चौथो शृङ्खला सम्पन्न


यही मिति २०८१ साल मंसिर १ गते शनिबारका दिन बुढ्यौली साहित्य समाज महोत्तरीको चौथो शृङ्खला यस समाजका अध्यक्ष लालबाबु पोखरेलको अध्यक्षता तथा साहित्य प्रेमी रुद्रप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सो कार्यक्रम यस समाजका सचिव नारद प्रसाद काफ्लेले स्वागत कविता वाचन गर्दै सञ्चालन गरेका थिए । सो कार्यक्रममा उपस्थिति प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णलाई शब्दद्वारा स्वागत गरेका थिए । उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिने अतिथिहरूमा साहित्य प्रेमी समाजसेवी निरज अधिकारी, विश्वनाथ साह, पत्रकार धनवीर महतो, शिक्षक दिवेस वली, गोपाल सिंह, शिक्षक अभिभावक सङ्घका अध्यक्ष उषादेवी महतो लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न लयका गीत, सायरी, भजन र कविता वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टा विद्यार्थीहरूमा शिरमान ठाकुर, आशिष शर्मा, शिखा कापर, निज्मा अधिकारी थिए । यसैगरी अन्य स्रष्टाहरूमा गोपाल सिंह, दिपेस वली, निरज अधिकारी, नारद काफ्ले, विश्वनाथ साह, धनवीर महतो, रामचन्द्र पौडेल, उषा देवी महतो, लालबाबु पोखरेल थिए ।

कार्यक्रममा बुढ्यौली साहित्य समाज मधेस प्रदेश सचिव तथा बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलले साहित्यको बिजारोपन गरि साहित्यको फूलबारी बनाउने उदेश्य लिएर अगाडि बढेका सबै साहित्यिक संस्थाहरूको अगुवाइ तथा आम व्यक्तिहरूको समान सहभागीताले मात्र सम्भव हुने कुरा बताएका थिए । साथै हरेक विद्यालयले विद्यार्थीलाई साहित्य सिर्जनामा सहयोग गरि मासिक रुपमा भित्ते पत्रिका मार्फत सक्रियता बढाउन अनुरोध गरेका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि श्री नेपाल जनता आःविद्यालय लक्ष्मीनिया गौशाला -११, महोत्तरी का प्र.अ. भोगेन्द्र प्रसाद महतो र वि.व्य.स.अध्यक्ष सन्तोष साह कलवारले साहित्य समाजको ऐना भएकोले यसलाई जगेर्ना गर्न सके मात्र समाजको समग्र विकास सम्भव छ, त्यसैले यो बुढ्यौली साहित्य समाज महोत्तरीले यसमा अझ सक्रियता बढाओस् । आफू निरन्तर सहयोग गर्ने कुरा व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष लालबाबु पोखरेलले कार्यक्रममा उपस्थिति प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रम श्री नेपाल जनता आ.विद्यालय लक्ष्मीनिया, गौशाला नपा -११, को सभाहलमा सम्पन्न भएको थियोे । क्त कार्यक्रममा विद्यार्थी, शिक्षक अभिभावक, साहित्य प्रेमीहरूको बाक्लो उपस्थिति थियो ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545