Techie IT
शनिबार, वैशाख ६,२०८२

नगर खेलकुद अऋैं अगाडी बड्छ :- संयोजक खत्री


प्रदीप ढकाल ,भक्तपुर
असोज २२, मंगलबार

आउदैं गरेको वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत तधा छठ पर्व२०८१ को पावन अवसरमा चाँगुनारायण नगर खेलकूद बिकास  समितिले शुभकामना आदान प्रधान कार्यक्रम आयोजना गरेको छ।

मंगलबार दिउसोँ चाँगुनारायण नगरपालिकाको हलमा भएको कार्यक्रममा संयोजक रघु खत्रीले नगर खेलकुदले प्राप्त गरेको उपलब्धिमा साथ दिनुहुने सम्पूर्ण सहयोगी हातलाई धन्यबाद ज्ञापन सहितशुभकामना व्यक्त गर्नुभयो।

शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला खेलकुद बिकास समिति पूर्व अध्यक्ष दिपक थापाले खेलकुद क्षेत्र अझैपनि उपेक्षित रहेको बताए। कार्यक्रममा नगर शिक्षा, युवा तथा खेलकूद शाखा अधिकृत रन्जना सापकोटा, नगरपालिका प्रशासन फाँटका अधिकृत सुरज पौडेल, जिल्ला खेलकुद बिकास समिति पूर्व अध्यक्ष दिपक थापा, नेपाल वेशबल तथा सफ्टबल सघं केन्द्रीय सदस्य रोशन थापा लगाएत विभिन्न खेलकूदका प्रशिक्षक लगायत खेलकूद प्रेमीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम चाँगुनारायण नगर खेलकूद बिकास  समिति संयोजक रघु खत्रीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन नगर शिक्षा, युवा तथा खेलकूद शाखा प्राबिधीक सहायक अनुपा लामिछानेले गरेकी थिईन्।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545