टोखास्थित न्हुज खलः नयाँ किरण समूहको ‘बन्दै छ मेरो देश’ राष्ट्रिय कविता प्रतियोगिता हुँदै

युवामा देशभक्तिको भावना जगाउँदै सकारात्मक सोच विकास गर्न टोखास्थित न्हुजः खलः नयाँ किरण समूहको ‘बन्दै छ मेरो देश, सहभागिता मेरो पनि’ भन्ने मूलभावमा राष्ट्रिय युवा कविता प्रतियोगिता आयोजना गर्दैछ । गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’मा विश्वास गर्ने देशभरका युवालाई आफ्ना भावना शब्दमा उनेर कविता सम्प्रेषित गराउन उक्त आयोजना गरिएको हो ।
आगामी फागुन ११ गते हुने प्रतियोगितामा देशभरका ४० वर्षमुनिका युवाबाट यही माघ २५ गतेभित्र कविता आह्वान गरिएको समूहका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । कविता देशभक्ति भावना, राष्ट्रिय एकता, समृद्ध देश निर्माणका योजना र सकारात्मक भावना सम्प्रेषण गर्ने विषयवस्तुमा केन्द्रित हुनुपर्नेछ । देशभरबाट सम्प्रेषित कवितामध्ये निर्णायक मण्डलबाट छनोट भएका १०० कविलाई काठमाडौँमा आमन्त्रण गरिनेछ । देशभक्ति भावनामा कलम चलाउने १०० कविको समूह टोखा नगरपालिकाका स्थानीय १५० युवा समाहित गरी फागुन १० गते एक दिवसीय ‘राष्ट्रिय युवा कार्यशाला’ आयोजना गरिनेछ ।
युवामा सकारात्मक भावनाको अभिवृद्धि गराउने र देशको अवस्था जानकारी गराउने हेतुले कार्यशालामा देशका विशिष्ट विज्ञबाट ‘युवाको अधिकार र कर्तव्य’, ‘नेपालमा भौतिक विकासको अवस्था’ र ‘नेपालको भविष्य’ गरी तीन शीर्षकमा कार्यपत्र प्रस्तुत हुनेछन् भने युवाले प्रत्यक्ष अन्तक्र्रिया गर्नेछन् ।
तत्कालीन टोखा चण्डेश्वरी–२ ९साविक टोखा नगरपालिका वडा नं २० मा न्हुजः पुस्तकालयको स्थापना गरिएको थियो । जनतामा जागरण पैदा गरी जनतालाई आफ्नो हक, अधिकार र कर्तव्यका बारेमा सचेत गराउने हेतुले स्थापना भएको न्हुजः पुस्तकालयको उद्घाटन तत्कालीन स्थानीय जनप्रतिनिधि स्व पद्मरत्न तुलाधरबाट विसं २०४१ साल भदौ १ गते भएको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #बन्दै छ मेरो देश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्