रुपन्देही कांग्रेसका एक नेता अर्कैकी श्रीमतीसँग रंगेहात पक्राउ

रुपन्देही कांग्रेसका एक नेता अर्कैकी श्रीमतीसँग रंगेहात पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१२ बेलबासकी एक स्थानीय महिलासँग मादक पदार्थ सेवन गरिरहेको अवस्थामा कांग्रेस नेता पक्राउ परेका हुन । पक्राउ पर्नेमा नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रीय कोषाध्यक्ष सैनामैना नगरपालिका–१० सालझण्डी निवासी हरी पोखरेल छन् ।
पोखरेल गत प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा दावेदारी प्रस्तुत गरेका थिए । यद्यपि उनलाई कांग्रेसले निर्वाचनमा टिकट भने दिएको थिएन । पक्राउ परेकी महिला नेकपाकी कार्याकर्ता रहेको र केही महिना अघि उनलाई पार्टीले कारबाही गरेको बुझिएको छ ।
बुटवल उपमहानगरपालिका–१२ बेलबासकी एक महिलास।ँग मादक पदार्थ सेवन गर्दै गरेको अवस्थामा उनका श्रीमानले रंगेहात फेला पारी प्रहरीलाई खबर गरेका थिए । ‘मैले प्रहरीलाई खवर गरेको हँु, प्रहरी आएर दुवैलाई लगेको छ,’ ती महिलाका श्रीमानले भने ।
पोखरेल र ती महिला कोठामा मादक पदार्थ सेवन गर्दै अश्लील चलचित्र हेर्दै गरेको अवस्थामा प्रहरी लिएर महिलाका श्रीमान् कोठामा पुगेका थिए । प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएको उनीहरुलाई महिलाका श्रीमानले दिएको उजुरी पछि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । समाचार, फोटो शिलापत्र अनलाईनबाट साभार गरीएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #अर्कैकी श्रीमतीसँग रंगेहात पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्