Techie IT
मंगलबार, वैशाख ९,२०८२

तारकेश्वर सामुदायिक विद्यालय समितिले तीज विशेष लोकनृत्य प्रतियोगिता गर्दै


काठमाण्डौ । तारकेश्वर सामुदायिक विद्यालय समितिले हरितालिका तीजको अवसरमा शिक्षक/विद्यार्थी लोकनृत्य प्रतियोगिता गर्ने भएको छ । भोली शनिबार ग्रामसेवा मा.वि.मा बिहान १० बजेदेखि कार्यक्रम हुने तारकेश्वर सामुदायिक विद्यालय समितिका सचिव राजु नेपालले बताउनु भएको हो ।

नेपालका अनुसार कार्यक्रममा विद्यार्थीहरुको १६ टिम सहभागी हुने भएको छ । शिक्षकहरुको भने ८ टिम सहभागी हुनेछन् । प्रत्येक टिममा ४ देखि १६ जना सहभागी हुनेछन् । नृत्यमा प्रयोग हुने गीत लोक मौलिकता झल्किने हुनुपर्नेछ । कार्यक्रममा ३ देखि ५ मिनेट गीतलाई समावेश गरिने कार्यक्रमका संयोजक, इसिए प्रमुख तथा कालिकाशरण मा.वि.का प्राचार्य अनामिका आचार्यले बताउनु भयो ।

यस वर्षदेखि सुरु गरेको तीज नृत्य प्रतियोगितामा सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीहरु सहभागी हुनेछन् । नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय नाचघरबाट आउने छन् । कार्यक्रममा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । बिजेता विद्यालयले ट्रफी पाउने कुरा सामुदायिक विद्यालय समितिका अध्यक्ष कृष्णप्रसाद ओझाले बताउनु भएको छ । नृत्य प्रतियोगितामा शिक्षक र विद्यार्थीको फरक फरक टिममा प्रतिस्पर्धा गर्नेछन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #तारकेश्वर सामुदायिक विद्यालय समितिले तीज विशेष लोकनृत्य प्रतियोगिता गर्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545