Techie IT
मंगलबार, वैशाख ९,२०८२

मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस दुर्घटना हुँदा २७ घाइते


पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ कमलाबारीमा साेमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये १२ जनाको उपचारका लागि पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

अन्य बाँकी सबै डिस्चार्ज भइसकेकाे जनाइएकाे छ । घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको यूपीबीपी ४९९५ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #भारतीय बस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545