Techie IT
मंगलबार, वैशाख ९,२०८२

आज देशभर मौसम बदली भई पूर्वदेखि पश्चिमसम्म केही ठाउँमा चट्याङसहितको वर्षा हुने


काठमाडौँ, २१ भदौ । आज देशभर मौसम बदली भई पूर्वदेखि पश्चिमसम्म केही ठाउँमा चट्याङसहितको वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन/चट्याङको सम्भावना भएकाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा पनि अपराह्नपछि पानी पर्ने सम्भावना रहेको माैसमविदहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #चट्याङसहितको वर्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545