Techie IT
शनिबार, वैशाख ६,२०८२

आज ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य व्यापक बढेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ३ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज ह्वात्तै बढ्यो सुनको मूल्य, #प्रतितोला कतिमा हुँदैछ कारोबार ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545