हराभरा धुवा धुलोरहित वडा बनाउने अभियान अन्तर्गत कुमारीपाटीमा वृक्षारोपण

१० भाद्र – ललितपुर महानगरपालिका ०५ द्वारा संचालित ‘स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियान’ अन्तर्गत आज कुमारीपाटीमा वृक्षारोपण गरिएको छ । पूर्व मन्त्री एवं सांंसद पम्फा भुषालले विरुवा रोपण गरि उक्त कार्यक्रमको सुभारम्भ गरेकी हुन ।
महानगरको ५ नंबर वडा र कुमारीपाटी क्लबको तत्वावधानमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा ललितपुर महानगरपालिका ०५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, १९ का वडाध्यक्ष बिनोद ताम्राकार, कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्का, वडा स्थित जनप्रतिनिधी, कुमारीपाटी महिला समुहका सदस्यहरु, स्कुल , कलेज एवं विभिन्न संघ संंस्थाका प्रतिनिधी, वडाबासी लगायतको सहभागीता रहेको थियो ।
उनीहरुले लगनखेल – जावलाखेल सडक खण्ड अन्तर्गत पर्ने कुमारी पाटी क्षेत्र स्थित दक्षिण तर्फको सडक छेउमा सामुहिक रुपमा वृक्षारोपण गरेका थिए । सोही अवसर माझ आयोजित सभालाई संबोधन गर्दै पूर्व मन्त्री भुषालले नगर क्षेत्र स्थित घना बस्ती र आसपासका क्षेत्रको वातावरणिय अवस्थालाई अनुकुल बनाउन वृक्षारोपण कार्य अपरिहार्य शर्त बन्दै गई रहेको अौल्याउदै महानगरको ५ नंबर वडाद्वारा संचालित स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियानको स्वागत समेत गरिन् ।
त्यस्तै, ललितपुर महानगरपालिका -०५ का वडाध्यक्ष बिकासमान श्रेष्ठले नगर क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउन अभियान संचालन गरिएको र यसमा सबैको साथ आवश्यक रहने भन्दै सरोकारवाला सबैलाई अभियानमा जोडिन आग्रह समेत गरे । ललितपुर १९ वडाका वडाध्यक्ष बिनोद ताम्राकारले १९ वडासंगै जोडिएर रहेको ०५ नंबर वडाद्वारा संचालित हरित अभियान प्रति एेक्यबद्धता जनाउदै लगनखेल – जावलाखेल सडक खण्ड अन्तर्गत पर्ने उत्तर तर्फको सडक पेटीको छेउमा पनि निकट भविष्यमा वृक्षारोपण गरिने बताए ।
कार्यक्रममा आफ्नो मन्तब्य धारणा राख्ने क्रममा कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्काले हरियालीको महत्व बारे चर्चा गर्दै स्वच्छ, सफा र हराभरा धुवा धुलोरहित वडा बनाउने अभियानमा क्लबको तर्फबाट सदैव साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #कुमारीपाटी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्