Techie IT
आईतबार, वैशाख ७,२०८२

अमेरिका जान नयाँ नयाँ नियम नियम हेर्नुहोस्


अमेरिका जान डोनाल्ड ट्रम्प प्रशासनले नयाँ नयाँ नियम लगाउन थालेको छ । अमेरिकाले अब भिसा आवदेन दिन नै आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरण समेत पेश गर्नुपर्ने नयाँ सर्त तेस्र्याएको छ ।

अमेरिकी विदेश विभागले भिसाका लागि निवेदन दिने व्यक्तिले सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका ईमेल आइडी र फोन नम्बरहरु पेस गर्नुपर्ने नयाँ नियम जारी गरेको हो । गतवर्ष यस सम्बन्धी प्रस्ताव पेश गरिएका बेला यसबाट वार्षिक १ करोड ४७ लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो

यो नियम सर्वसाधारणलाई अनिवार्य गरिए पनि केही कूटनीतिक र सरकारी अधिकारीले भने भिसा निवेदन दिँदाका बेलामा नै जानकारी पेश गर्नुपर्ने छैन । काम गर्न तथा अध्ययन गर्नका लागि जान चाहनेले भने सम्पूर्ण जानकारी भिसाको निवेदनकै बेलामा पेश गर्नुपर्ने छ । सुरक्षाको हवाला दिँदै अमेरिकाले नयाँ नियम लगाएको हो ।


क्याटेगोरी : विशेष
ट्याग : #अमेरिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545