नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्ध, नेपालको सुपर आठ सम्भावना कायम

अमेरिका (फ्रलोरिडा) जेठ ३० गते । आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्ध भएको छ ।
फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहानका लागि तय भएको खेल लगातार भारी वर्षाका कारण रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलङ्काले एक एक अङ्क बाँडेका छन् ।
नेपालसँगको खेल रद्ध भएसँगै सन् २०१४ को विजेता श्रीलङ्का जारी विश्वकपबाट बाहिरिएको छ । यस नतिजाले समूहमा पहिलो अङ्क बनाएको नेपालको सुपर आठमा पुग्ने सम्भावना कायम छ ।
समूह ‘डी’ मा अहिले लगातार तीन जित निकालेको दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ । अब नेपाल, नेदरल्यान्ड्स र बङ्गलादेशमध्ये एक टोलीले सुपर आठमा स्थान बनाउनेछ ।
नेपालले अब समूहको तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा अन्तिम खेल खेल्नेछ । नेपाल समूहको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।
खेल रद्ध भएपछि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाललाई एक अङ्कभन्दा पनि खेल खेल्न पाउनु जरुरी रहेको बताउनुभयो ।
‘‘हामी खेलेरै दुई अङ्क ल्याउन उत्साहित थियौँ । तर वर्षा वाधक भएपछि त्यो सम्भव भएन । अब सेन्ट भिन्सेन्टमा हामी राम्रो गर्नेछौँ । त्यहाँको पिट स्पिन बलिङलाई सहयोगी हुनेछ । सन्दीप लामिछानेको आगमनले पनि टोलीको स्पिनर आक्रमण बलियो हुनेछ,’’ मोन्टीले भन्नुभयो ।
यस्तै श्रीलङ्काका बलर महेश तिक्षणाले हामीले अघिल्ला दुई खेलमा राम्रो गर्न नसक्दा विश्वकपबाट बाहिरिन परेको बताउनुभयो । ‘‘आज खेल भएन । मौसम हाम्रो नियन्त्रणबाट बाहिर थिएन । तर श्रीलङ्काले यस विश्वकपबाट धेरै सुधार गर्नुपर्ने अवस्था देखिएको छ,’’ तिक्षणाले भन्नुभयो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्ध, #नेपालको सुपर आठ सम्भावना कायम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्