आज ४ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, २८ जेठ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको चारवटा संसदीय समितिको बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाअन्तर्गतका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी डाकिएको छ ।
सार्वजनिक लेखा समितिको बैठक भने बिहान साढे १० बजे बस्ने कार्यसूची छ । तर, बैठकमा के विषयमा छलफल हुने हो भन्ने विषय संसद् सचिवालयले सार्वजनिक गरेको छैन् ।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक २०८० को विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची राखिएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीबारे छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आजै दिउँसो १ बजे बस्नेछ । बैठकमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिकाबारे छलफल गर्ने संसद् सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आज ४ संसदीय समितिको बैठक बस्दै, #यस्तो छ कार्यसूची
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्