Techie IT
शनिबार, वैशाख ६,२०८२

खैरो हिरोईन सहित संखुवासभामा एक भारतीय पक्राउ


खाँदबारी । संखुवासभाको खाँदबारीबाट लागु औषध खैरो हिरोईन सहित एक भारतीय  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुधबार खाँदबारीको बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्तका बर्ष ३० का एमडी साहेवजान रहेका छन् । साहेबजानबाट २.८ ग्राम लागु औषध खैरो हिरोइन र नगद बीस हजार रुपैयाँ बरामद गरिएको हो ।

भारतीय साहेवजानले केही समयदेखि लागु औषध कारोवार गरीरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

साहेबजान उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अवैध लागुऔषधसहित भारतीय पक्राउ, #नेपाल प्रहरी, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545