Techie IT
आईतबार, वैशाख ७,२०८२

बालेनलाई योगेश भट्टराईको चेतावनी : संयमता नगुमाउनुस्


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले  मेयर बालेन शाहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् ।

मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्‌भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’

संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्को आलोचना गरे ।

नेताहरूले लडेर ल्याएको लोकतन्त्र हो । यिनै नेताहरूलाई बद्‌नाम गर्दै हुनुहुन्छ । यो आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाए जस्तै हो । बालेनजीलाई भन्न चाहन्छु, तपाईंको आमा पवित्र हुनुहुन्छ, तपाईंको आमाप्रति शंका नगर्नुस् । तपाईंका गतिविधिले आफ्नै आमाको अस्मितामाथि बारम्बार प्रश्न गर्दै हुनुहुन्छ भने यो समाजलाई तपाईं कता लैजाँदै हुनुहुन्छ ।’

काठमाडौं महानगरको प्रमुख हो भन्ने नभुल्न र कानुनले दिएको सीमामा बस्न आग्रह गरे । यो व्यवस्था ल्याउन मरिमेटेको एमाले र त्यसको नेतृत्वमाथि गालीगलौज नगर्न चेतावनी दिँदै एमाले सचिव भट्टराईले भने, ‘आफैं आकासतिर थुकेपछि त्यो कहाँ झर्छ भन्ने बालेनजीलाई राम्रोसँग थाहा होला ।’

संसद्‌मा यति बोलेकै कारण आफूमाथि साइबर ग्याङले लखेट्न खोज्न भन्दै उनले नडराउने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #योगेश भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545