सरोज, बिपना र समिरलाई उपाधी, सह सम्पादक पौडेल सहित ४ जनालाई सम्मान

काठमाडौं, १९ श्रावण – मोडल सङ्ग्स नेपालले राजधानीको जमलस्थित राष्ट्रिय नाचघर, जमलमा शनिबार आयोजना गरेको ‘नेक्स्ट सुपर टप्स मोडल नेपाल, २०१९’ मा पुरुषतर्फ सरोज खड्काले विजेताको ताज हात पारे भने बिधागत तर्फको मस्ट हेन्समको अवार्ड समेत जित्न सफल रहे ।
त्यस्तै महिलातर्फ बिपना थापाले विजेताको ताज चुम्न सफल भइन् । विजेताको ताजसंगै थापाले बिधागततर्फको मस्ट ब्युटिफुल, मिस फोटोजेनिक र बेस्ट वाकको उपाधी समेत आफ्नो पोल्टामा पारिन् । उपाधीसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे ।
उक्त प्रतियोगितामा राहुल चौधरी र मौषमी शाह क्रमशः पुरुष र महिलातर्फ फष्ट रनरअप हुन सफल रहे साथै विधागततर्फ राहुलले मिस्टर फेसन आईकन हात पार्दा मौषमीले बेस्ट स्माईल, बेस्ट फिगर र मस्ट गर्जियसको अवार्ड पनि हात पार्न सफल रहिन । प्रमिता राजघटानीले ‘अडियन्स चोईस’को उपाधीको साथै मिस कन्जिनियालिटी को उपाधी पनि हात पारिन् ।

विधागततर्फ सुजन बस्नेत मस्ट ट्यालेन्ट र बेस्ट फिजिक, आदित्य बिक्रम राणा मिस्टर फोटोजेनिक र बेस्ट वाक, अनामिका खत्री बेस्ट एटिच्युड, राकेश बकुन्छे मस्ट एक्टीभ घोषित भए । त्यस्तै, स्तुति पोखरेल मिस फेसन आईकन, स्मृति महतो बेस्ट स्माईल, अर्जुन न्यौपाने मस्ट डिसिप्लिन, सन्दिप दङ्गालले बेस्ट स्माईल अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए ।
मिस्टर प्लस साइज को उपाधी लामालाई मिस्टर प्लस साइज नेपाल २०१९ को उपाधी समिर लामाले जितेका छन् । लामाले टप फाईभका कुल पाँच प्रतिस्पर्धी मध्येबाट प्रस्तुतीका आधारमा उत्कृष्ट बन्दै मिस्टर प्लस साइज नेपालको पहिलो संस्करणको ताज पहिरिएका हुन । लामाले मुख्य उपाधी सहित मस्ट हेन्डसमको उपाधी र नगद पचास हजार रुपैयाँ पनि हात पारे ।
त्यस्तै प्रतियोगितामा नितेश चन्द मिस्टर फोटोजेनिकको टाईटल सहित फर्स्ट रनरअप बनेका छन् । फर्स्ट रनरअप बन्दै उनले तिस हजार नगद पनि हात पारे । प्रतियोगीहरु मध्येबाट अजय प्रधानले मस्ट टयालेन्टेड, निगम रेग्मीले मस्ट फ्रेन्डली र कमान लामाले मस्ट डिस्पिलिनको टाइटल सहित नगद बिस हजार प्राप्त गरे ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता तथा कर्पोरेट म्यागाजिनका अध्यक्ष तथा प्रधान सम्पादक उज्ज्वल जङ शाहको विशेस आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नायक शितल केसी, प्लस साईज मोडल सुजाता काफ्ले शाह, नायक र मोडल ईश्वर बल्लव उप्रेती, बरिष्ठ गितकार लोक राज अधिकारी र कलाकार सुष्मा कार्कीको निर्णायक समिति रहेको थियो।
कार्यक्रमकी प्रमुख अतिथी अध्यक्ष श्रेष्ठले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतिस्पर्धात्मक क्षमताको बिकास, ब्यक्तित्व बिकास र सिर्जनात्मक क्षमताको बिकासमा सहयोग पुग्ने धारणा राखेकी थिईन ।
मान्छेको क्षमताको अभिवृद्धि गरी मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले जनाए।
पौडेल, परिश्रमी, पछाई र श्रेष्ठलाई मोडल सङ्स सम्मान सोही अवसर माझ राष्ट्रिय नाचघरमा आयोजित मोडल सङ्स सम्मान २०१९ बाट अनलाईखबरका सह सम्पादक चिरन्जिवी पौडेल, गीतकार डि पि परिश्रमी, गायककार एबम संगितकार विनोद पछाई र समाजसेवी जुना श्रेष्ठ मोडल सङ्स सम्मान २०१९ बाट विभुष्तित भएका छन् ।
विभिन्न क्षेत्रमा कृयाशिल रहि देश र समाजको उन्नयनमा योगदान पुर्याएको भन्दै मोडल सङ्स नेपालले उनीहरुलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले खादा, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिन ।
कार्यक्रममा इभेन्ट ब्यवस्थापन संघका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ, एशोसियट प्रदेश कमिटी सदस्य सरोज ओझा, स्वर्गिय राजा विरेन्द्र शान्ति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट, मोडल सिलाष्मा हमाल , नोट डिजाईनर सुन्दर श्रेष्ठ लगायतको ऊपस्थिती रहेको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #नेक्स्ट सुपर टप्स मोडल नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्