Techie IT
मंगलबार, वैशाख ९,२०८२

पूर्व सिडियो पौडेलको आफ्नै भुमी आफ्नै अनुभव कृति लोकार्पण


काठमाडौं, १७ श्रावण – पूर्व प्रमुख जिल्ला अधिकारी धन प्रसाद शर्मा पौडेलको संस्मरणात्मक कृति आफ्नै भुमी आफ्नै अनुभव लोकार्पण भएको छ । शुक्रवार प्र ज्ञा भवनमा आयोजित एक समारोह माझ सभामुख कृष्ण बहादुर महराले उक्त कृतिको लोकार्पण गरे ।

आफ्नै भुमी आफ्नै अनुभवको लोकार्पण पस्चात प्रमुख अतिथीको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख महराले लेखक आफ्नो सहपाठी रहेको स्मरण गर्दै उनी एक देशभक्त राष्ट्रसेवक रहेको बताए ।

कृतिका लेखक धन प्रसाद शर्मा पौडेलले आफूले देखे भोगेका कुरालाई आत्मकथाका रुपमा पाठक माझ प्रस्तुत गर्न पाउदा निकै खुशी लागेको बताउदै कृतिमा प्रशासन तथा ग्रामिण भेगको कुरा र आफ्नो निजी जिवनका बारेमा शब्दहरु कोरिएको बताए ।

कार्यक्रममा पत्रकार तथा साहित्यकार प्रमोध प्रधान र समालोचक ज्ञानु अधिकारीले आफ्नै भुमी आफ्नै अनुभव नेपाली साहित्य फाटका लागि एक राष्ट्रसेवक कर्मचारी एबम देशभक्त नागरिकको अनुपम उपहार रहेको औंल्याएका थिए ।

कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यछे तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिक्रित उर्मिला श्रेष्ठ, नागार्जून नगरपालिकाकी उपमेयर सुशिला अधिकारी, पूर्व प्रशासक लगायतको बाक्लो उपस्थिती रहेको थियो । उक्त कृति बि एन पुस्तक संसारले प्रकाशन गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #धन प्रसाद शर्मा पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545