लगनखेल स्थित न्हुँ पोखरीको पूनर्निर्माण कार्यले निरन्तरता पाउने

ललितपुर, १५ श्रावण । मल्लकालिन समयमा निर्माण भएको लगनखेल स्थित न्हुँ पोखरीको पूनर्निर्माण कार्यले निरन्तरता पाउने भएको छ । ललितपुर महानगरपालिकाको वडा नंबर ०५ मा अवस्थित यस पोखरीको पूनर्निर्माणका लागि वडा कार्यालयको पहलमा महानगरपालिका मार्फत आवश्यक बजेट समेत विनियोजन गरिएको छ । पछिल्लो चरणमा न्हुँ पोखरीको पूनर्निर्माणको गुरुयोजना तयार पार्ने काम करिब करिब अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै पोखरीको पूनर्निर्माणको गुरुयोजनालाई अन्तिम रुप दिन सरोकारवाला बीच बैठक पनि बस्दै आएको छ । यसलाई छिट्टै नै सम्पन्न गर्ने गरि नियमित बैठक बस्ने तथा राय, सुझाव लिने काम भैरहेको न्हुँ पोखरी संरक्षण तथा पूनर्निर्माण समितिका अध्यक्ष सतिस नारायण जोशीले बताए । त्यसो त गत शनिवार मात्रै पनि वडा कार्यालयमा समितिको बैठक बसी गुरुयोजना बारे बृहत छलफल गरिएको थियो ।
छलफलका क्रममा पोखरी संरक्षण समितिका संयोजक आर्किटेक्ट विजय श्रेष्ठले गुरुयोजना प्रस्तुत गरेका थिए ।आर्किटेक्ट श्रेष्ठद्वारा तयार उक्त गुरुयोजनामा पोखरीको पुरानो संरचनालाई ध्यानमा राख्दै वर्तमान आवश्यक्ता अनुरुप आधुनिकता सुहाउँदो ढाचालाई समेटिएको छ । सो गुरुयोजनामा पार्क निर्माण, बत्ती जडान, पोखरीको तटबन्ध, खुला क्षेत्रको उपयोगिता, पानी संकलन आदी बिषयको प्राविधिक पक्षलाई समेटिएको छ ।
पोखरीको पूनर्निर्माणका लागि समितिले विज्ञहरुसँग परामर्श सेवा लिदै आएको छ । यसका लागि रानी पोखरी पूनर्निर्माणमा समेत सकृय भक्तपुर स्थित भाजु पोखरी संरक्षण उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद डमरुलाई परामर्शदाताका रुपमा डाकिएको छ ।
पोखरीको पूनर्निर्माण कार्यमा कुनै प्रकारको त्रूटी नहोस् भन्ने मनसायले योजना निर्माणको काम भैरहेको न्हुँ पोखरी संरक्षण तथा पूनर्निर्माण समितिका सचिव राम कृष्ण महर्जनले बताए ।
यसै माझ ललितपुर महानगरपालिका ०५ का वडाध्यक्ष विकासमान श्रेष्ठले दिर्घकालिन सोचका साथ पोखरी पूनर्निर्माण कार्यलाई अगाडी बढाईने बताए । ुन्हु पोखरी यहाँ स्थित ढुङे धारा र इनारको पानीको मुख्य श्रोत हो, हाम्रो सभ्यतासँग यो प्रत्यक्ष जोडिएको छ, तसर्थ पनि यसको पूनर्निर्माणका क्रममा हामीले यसको एेतिहासिक पक्ष, वैज्ञानिक पक्ष र जन चाहना एबम उहाँहरुको आवश्यकतालाई दृष्टिगत गरि पोखरीको पूनर्निर्माण गर्दैछौु उनले भने ।
न्यू पोखरी विगत देखी वर्तमानसम्म
मल्लकालमा निर्माण भएको न्हु पोखरी लगनखेल क्षेत्रमा रहेका हिटी एबम इनारहरुको पानीको मुलश्रोतका रुपमा प्रयोगमा रहदै आएको थियो । तत्समयमा टिका भैरवबाट दुई वटा राजकुलो मार्फत पानी ल्याई यस पोखरीमा खसाल्ने गरिन्थ्यो ।
पानीको श्रोत सुक्नुका साथै अब्यवस्थित शहरीकरणका कारण यहाँ पानी ल्याउन कठिनाइ भए पछी यो पोखरी सुक्न पुगेको थियो । एक ताका यो पोखरीको पानी सुकि कमिला हिड्ने भएको थियो । तत्पस्चात यस पोखरीमा बर्षातको समयमा नालाको पानी खसाल्ने गरिन्थ्यो । यस क्रममा ढलबाट आउने पानीका कारण पोखरी दुर्घन्धित बन्न पुग्यो ।र केही समय यो डम्पिङ साईटमा परिणत पनि भयो ।
यस पोखरी सुक्खा भए पछि यहाँका ढुङे धारा एवम इनारहरुमा पानी आउन बन्द भएसँगै स्थानियहरुले लामो समयसम्म सकस खेप्दै आएका थिए । यद्यपी स्थानियको सकृयतामा विगत २५ ९३० बर्ष देखी यसलाई पूर्ववत अवस्थामा ल्याउने प्रयासको थालनी गरिएको थियो ।

तत्कालिन उपमहानगर पालिकाको सात दलको संयन्त्रले न्हूँ पोखरी सहित ३ वटा पोखरीमा थुप्रिएको माटो झिकी सफा गर्न रु १८ लाख बजेट विनियोजन गरि संरक्षणको प्रयासको थालनी गरेको थियो । त्यस मध्ये यस पोखरीको समयमै सफा गर्ने काम सम्पन्न भयो । यो पोखरी बनाउन ५ वडा संरक्षण समिती, स्थानिय टोल र वडाबासीले महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् ।
२०७४ सालमा सम्पन्न स्थानिय निर्वाचन पछी वडा स्थित जननिर्वाचित प्रतिनिधीको पहलमा यस पोखरीको संरक्षण तथा पूनर्निर्माणका लागि आवश्यक बजेट ब्यवस्थापन गरिएसंगै यस पोखरीको सरसफाई लगायत पूनर्निर्माण सम्बन्धी कार्य अगाडी बढदैछ ।
यसको पूनर्निर्माणका लागि गुरुयोजना तयार पार्ने काम सम्पन्न भै कार्यन्वयनको अन्तिम चरणको पर्खाईमा रहेको छ । यस पोखरीको पूनर्निर्माणको लागि आ।ब। ७६ र ७७ मा रु १ करोड बिनियोजित भएको छ । यसको पूनर्निर्माण बहुबर्षिय योजना अनुरुप चलेको छ ।
क्याटेगोरी : विशेष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्