मोहन अधिकारीको निर्देशनमा गोबिन्द ईम्सङको ‘ सृष्टि ‘बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ। गायक गोबिन्द ईम्सङ्ग र गायिका टीका पुनको स्वरमा सृष्टि बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।
मोहन अधिकारीको निर्देशन रहेको सो नयाँ म्यूजिक भिडियोमा गरिवीका कारण श्रीमान श्रीमतीको सम्बन्ध र बिदेशीनुपर्ने पिडालाई कलात्मक रुपमा र्दसाइएको छ ।
करिव २० बर्ष मल्टिमिडिया जगतमा राम्रो छबी बनाउदै आएका निर्देशक मोहन अधिकारीले गीतको भाव जस्तै निर्देशन गरेका छन भने रामेश्वर ढकाल र श्रेया दुलालको जोडीलाई जमाउन सफल भएका छन्।
भिडियोमा टिकटकका भाइरल एवं कलाकार भोला ढुंगाना , प्रकाश तिमलसिना र राजेश रम्तेललको बेजोड अभिनय रहेको छ ।
मिस्टर आर.डी भनेर चिनिने कलाकार एवं संचारकर्मी रामेश्वर ढकालले यस अघि कान्तिपुर टेलिभिजन मार्फत प्रसारण भैरहेको चर्चित हास्य टेलिश्रृंखला हर्के हवल्दारमा अभिनय गरेका थिए भने आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोमा जोडदार अभिनय गरिसकेका छन । मोडल श्रेया दुलाले झण्डै दुई दर्जन भन्दा बढी भिडियामा अभिनय गरीसेकी छिन ।
यस म्युजिक भिडियोमा बिक्रम थापा र सन्नी श्रेष्ठको छायांकन रहेको छ भने, सुजित पुडासैनीको सम्पादन र रंग संयोजन रहेको छ। यस्तै, गीतको भिडियो साइराम पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस गितको रमाइलो भिडियो
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मोहन अधिकारीको निर्देशनमा गोबिन्द ईम्सङको सृष्टि बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्