Techie IT
बुधबार, माघ २३,२०८१

तुम्लिङटार विमानस्थलमा २ साता पछि उडान (तस्बिरहरु)


खाँदबारी — विमानस्थल वरपरको डाँडामा थुप्रिएको तुवालो हटेपछि हिमाली जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थलमा २ साता पछि बुधबार उडान भएको छ । बैसाख १० पछि तुम्लिङटारको भिजिविलिटी १ किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो । विमानस्थलमा उडानका लागि कम्तिमा ५ किलोमिटर वरपरको डाँडा देखिनु पर्छ ।

विमानस्थल खुलेपछि बुद्ध एयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसंगै सडक यातायातबाट जान नसकेका संखुवासभा र भोजपुर जिल्लाका बृद्धबृद्धा र विरामीलाई फाईदा पुगेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #तुम्लिङटार बिमान स्थल, #तुवाँलो, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545