बिपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोसाक बितरण
खांदबारी – संखुवासभाको खाँदबारी नगरपालिका – ३ गुवाबारीमा रहेको लक्ष्मी आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । खाँदबारी – ३ स्थित लक्ष्मी आधारभूत विद्यालयका (कक्षा १ देखि कक्षा ८ सम्म) एक सय ४० जना विपन्न विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री, खेल सामग्री र मेडिकल सामग्री बितरण गरिएको हो । काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका– ३ का परिक्षण हुमागाईं र भक्तपुर चाँगुनारायण नगरपालिका –६ निवासी रोषन केसि लामिछानेले संयुक्तरूपमा विद्यालयमा पुगेर नै सहयोग हस्तान्तरण गर्नुभएको हो ।
खाँदबारी – ३ गुवाबारी निवासी शुसिल कार्कीको पहलमा बिद्यालयका विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, खेल सामग्री र मेडिकल सामग्री ल्याइएको हो । विद्यार्थीलाई एक सय ४० थान ट्रयाकसुटर टिसर्ट, ३ थान कम्प्युटर, सय दर्जन कपी, पेन्सिल, पिङ, ब्याडमिन्टन, मेडिकल सामग्री वितरण गरिएको हो ।
अति विपन्न परिवारका बालबालिकालाई विद्यालय जान प्रेरित गर्न सहयोग गरिएको भक्तपुरका रोषन केसि लामिछाने बताउनुभयो । विद्यालयमा अध्ययनरत एक सय ४० जना बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्री, खेल सामग्री र मेडिकल सामग्री सहयोग भएको विद्यालयका प्रधानाध्यापक युवराज खत्रीले जानकारी दिनुभयो । काभ्रेपलान्चोक नमोबुद्ध – ३ का हुमागाईं र भक्तपुरका लामिछानेले करिव ४ लाख रुपैया बराबरको विद्यालय पोशाक, शैक्षिक सामग्री, खेल सामग्री र मेडिकल सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक खत्रीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आर्थिक सहयोग, #बिपन्न विद्यार्थी, #संखुवासभा, #सुशील कार्की
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्