Techie IT
मंगलबार, वैशाख ९,२०८२

मनमैजु युवा समुहद्धारा भोली मनमैजु मन्दीर परिसरमा भव्य कन्सर्ट हुँदै


तारकेश्वर काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत मनमैजु मन्दीर परिसरमा भोली हत सांस्कृतिक तथा कन्सर्ट कार्यक्रम हुने भएको छ । मनमैजु युवा समुहको आयोजनामा ११ औं बृहत सांस्कृतिक तथा कन्सर्ट कार्यक्रममा प्रवेश निशुल्क रहेको अध्यक्ष हिरा महर्जनले बताउनुभयो ।

मनमैजु जात्राको अवसरमा हुन गइरहेको सांस्कृतिक तथा कन्सर्ट कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती रहेको मनमैजु युवा समुहका अध्यक्ष हिरा महर्जनले बताउनुभयो । मनमैजु मन्दीर परिसरमा हुन गइरहेको कन्सर्ट कार्यक्रममा प्रवेश निशुल्क रहेको अध्यक्ष महर्जनले बताउनुभयो ।

कन्सर्टमा विशेष प्रस्तुती अनुप रास्थाको रहने छ भने संघर्ष व्याण्ड र द आस्तत्र व्याण्डको विशेष प्रस्तुती हुने अध्यक्ष महर्जनले बताउनुभयो । कार्यक्रममा निस्मा देशराज, रोजमान महर्जन, नेवारी र्यापर मिनुस लगायत दर्जनौं कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रमको होस्ट वालकलाकारद्धय कृष्मा महर्जन र सुसान्की महर्जन सहित सुनिल महर्जन रहेका छन् ।

कन्सर्ट कार्यक्रमलाई तारकेश्वर नगरपालिका तथा वडा न ९ र १० सहित बिभिन्न संघ, संस्था र दाताहरुको सहयोग रहेको आयोजकहरुले बताएका छन् । कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको तथा उपप्रमुख सृजना बुलाकोटी लगायत नगरपालिकाका जनप्रतिनिधिहरु, व्यवसायी, सामाजिक अभियन्ताहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतलाई आमन्त्रण गरिएको समुहका अध्यक्ष महर्जनले बताउनुभयो ।
कार्यक्रममा यस पटक तारकेश्वरका बिभिन्न विद्यालयका वालबालिकाहरुको समेत प्रस्तुती रहने छ । कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिनका निम्ती मनमैजु युवा समुहले सबैलाई अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #hot, #मनमैजु युवा समुह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545